काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व कमजोर भएकै कारण कम्युनिष्टहरूको मनोबल बढेको बताएका छन् ।
१३ औं महाधिवेशनपछि कमजोर हातमा नेतृत्व गएको बताउँदै उनले यस्तै अवस्था रहे कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउनेतर्फ सचेत गराएका छन् ।
काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचायत्मक कार्यक्रममा बोल्दै नेता सिंहले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरू गठन गरेको आरोप समेत लगाउका छन् ।
‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरूप कम्युनिष्टको मनोबल बढ्दै गएको छ । १४ औं महाधिवेशनबाट डायानामिक सभापति रोज्नुको विकल्प छैन,’ उनले भने ।
उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको दाबी समेत गरेका थिए ।
उनले यसबारे आफूले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत अव सभापतिमा उमेद्वारी घोषणा नगर्न सुझाएको बताएका थिए ।
‘मैले दुबै नेतालाई भनिसकेको छु,’ सिंहले भने, ‘काठमाडौंको भएकै कारण सभापति बन्न नपाउने ? गणेशमानको छोरा हुँदामै सभापति बन्न पाइँदैन ? सभापति बन्न नहुने उहाँहरूले कारण देखाइ दिनु पर्यो । गणेशमानको परिवारले सँधै त्याग मात्र गर्नुपर्ने ?’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend