Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • प्रकाशशरण महतसहित कांग्रेस नेताहरू किन जाँदैछन् भारत ?


    बुधबार, असोज २० २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणमा सत्तारुढ नेपाली कांग्रेसको एक टोली भोलि (बिहीबार) भारत जाने भएको छ ।

    नेपाली कांग्रेसका सहमहामन्त्री  डा. प्रकाशरण महतसहित नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीबार दिल्ली जान लागेका हुन् । 

    नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताए ।

    दिल्लीमा रहँदा क-कसलाई भेट गर्ने भन्ने एकिन भइनसकेको राणाले बताएका छन् । सहमहामन्त्री महतको निमन्त्रणामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेर फर्किसकेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार