Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मन्त्रालय बाँडफाँटमा मिल्यो सहमति, प्रधानन्यायाधीशको भाग देउवाको जिम्मा


    मंगलबार, असोज १९ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ककाठमाडाैं । सत्ता गठबन्धन दलहरुले मन्त्रिपरिषद् विस्तारका लागि भागबण्डा मिलाएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (मंगलबार) बसेको शीर्ष नेताहरुले मन्त्रालयको भागबण्डामा सहमति जुटाएका हुन् ।

    २१ मन्त्रालयको भागबण्डासहित मन्त्रालयमा सहमति जुटेकाे प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

    कांग्रेसले ८ मन्त्रालय लिने सहमति भए अनुसार अब सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ ।

    माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेको छ । उसले अहिले अर्थ र उर्जा मन्त्रालय लिइसकेको छ । अब उसले शिक्षासहितका मन्त्रालय पाउनेछ ।

    यस्तै, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान चार/चार मन्त्रालय पाउने छ । जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन र कृषि मन्त्रालय पाएको छ ।

    कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एकएक राज्यमन्त्री लिएको छ भने जसपाले उपसभामुख पाउने लगभग सहमति भएको एक नेताले बताए ।

    सत्तारुढ दलका नेताहरुका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले  सुरुमा दुई मन्त्रालय वन र उद्योगमा मागेका थिए ।तर, मंगलबार भएको भागवण्डामा जबरालाई छुट्याइएको छैन ।

    सत्तारुढ दलका एक नेताका अनुसार, कांग्रेसले राखेको ८ वटा मन्त्रालयबाट मिलाउने कुरा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार