Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले मदन भण्डारीको स्थान लिन खाेजेकाे प्रचण्डकाे आराेप


    सोमबार, असोज १८ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाें । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीकाे स्थान लिन खाेजेकाे आराेप लगाएका छन् ।

    सोमबार नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले साे कुरा बताउँदै एमाले विचारले नचलेको पार्टी भएको समेत आराेप लगाए ।

    ‘एमालेमा विचार–सिचार भन्ने हुँदैन । त्यही सूर्य चिन्ह छ । मदन भण्डारी भन्ने छन् । जबज छ । अहिले मदन भण्डारीको ठाउँमा केपी ओली बनाउन खोजिएको छ,’ प्रचण्डले भने ।

    एमालेका दोस्रो तहका नेताहरूबाट आफूहरूले आश गरे पनि धोका पाएको दाहालको भनाइ थियो ।

    उनले अगाडि भने, ‘सबैले आफ्नो पद प्रतिष्ठाका लागि काम गर्ने गर्‍या छन् । त्यही स्वार्थका लागि मिल्छन् ।’ नेकपा माओवादी केन्द्र पनि अरु पार्टीकै पथमा जान लागेकाले बेलैमा सच्चिनुपर्ने दाहालको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार