Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारलाई विप्लवकाे चेतावनी: तीन बुँदे सहमति कार्यान्वयन नगरे जटिल स्थिति सिर्जना हुनसक्छ


    सोमबार, असोज १८ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले असन्तुष्टि जनाएका छन् । 

    सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले तीन बुँदे सहमति कार्यान्वयनमामा अझै ढिला  भए जटिल स्थिति सिर्जना हुने भन्दै सरकारलाई चेतावनी समेत दिएका छन् ।

    विप्लवले  विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौं ।’

    ‘यही विषय झन वढी ढिला भइराखेको छ । हाम्रो पार्टी तीन बुँदे सहमतिप्रति पूर्ण प्रतिवद्धता सहित अक्षरशः लागू गरिराखेको छ र गर्ने छ’, विप्लवले भनेका छन्, ‘आशंका, अविश्वास, मनोवैज्ञानिक दवाव र ढिलासुस्तीको कुनै गुन्जायस छैन । यो राष्ट्रिय राजनीतिक मुद्दा हो ।’

    कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबितिकै आफूले तीन बुँदै सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको स्मरण गर्दै विप्लवले तीन महिनासम्म पनि कार्यकर्ता रिहा नहुनुले आशंका जन्माएको उल्लेख गरेका छन् ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लवसँग गरेको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने, बन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने र विप्लवले शान्तिपूर्णरुपमा राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने उल्लेख थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार