Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली भन्छन्- पार्टीलाई कुनै मधुकैटवले हल्लाउन नसक्ने बनाएर मात्रै नेतृत्व छाड्छु


    आइतबार, असोज १७ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन् ।

    ललितपुर, गोदाबरीकाे सनराइज सम्मेलन केन्द्रमा तीन दिनदेखि जारी विधान महाधिवेशनलाई सम्बोधन गर्दै आइतबार ओलीले साे कुरा बताएका हुन् ।

    पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने बताउँदै उनले भने, ‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो ।’

    यस्तै,उनले माधवकुमार नेपालसहितका नेताहरूलाई संकेत गर्दै बिग्रेका मान्छेहरू पार्टीबाट बाहिरिएको बताएकाले अब पार्टीमा सप्रिएकाहरू मात्रै बाँकी रहेकाे बताए । 

    ‘यो पार्टी काम लाग्दैन भनेर केहीले नयाँ पार्टी दर्ता गरेका छन्। यसलाई सक्नपर्छ र नयाँ बनाउन पर्छ भनिएको छ,’ ‌ओलीले भने,‘कतिपय कारणले अलमलमा परेका भ्रममा परेका तानेर लगिएकालाई फर्काउन हामी पनि प्रयास गर्छौं, तपाईंहरू पनि स्पष्ट हुनुस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार