Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • आफूलाई देवत्वकरण गरिएको भन्ने टिप्पणीप्रति ओलीकाे स्पष्टीकरण: हामी व्यक्तिपूजक होइनौं


    आइतबार, असोज १७ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । विधान महाधिवेशनका बेला गरिएको प्रचारप्रसार र अध्यक्ष ओलीलाई देवत्वकरण गरिएको भन्दै टिप्पणी भएकोप्रति एमाले अध्यक्ष केपी ओलीले आफ्नो स्पष्टीकरण दिएका छन् ।

    ललितपुरको गोदाबरीमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा बाेल्दै अध्यक्ष ओलीले आफूहरू व्यक्तिपूजक नभएकाले यस्ताे टिप्पणी गरिनु एमालेमाथि आक्रमण गर्नु सिवाय अरू केहि नभएकाे बताएका छन् ।

    आइतबार महाधिवेशनमा बाेल्दै उनले एमालेको विचार र संगठनमाथि आक्रमण भएको भन्दै एमालेले सामूहिक नेतृत्व र छलफलमा विश्वास गर्ने समेत बताए । 

    ओलीले भने, ‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ । हाम्रो विचारमाथि हमला भएको छ, संगठनमाथि हमला भएको छ । अनि नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए रे, झण्डा देखिए रे, अलिक तामझाम देखियो रे, नेतृत्वको समर्थनमा कार्यकर्ता बोलेको देखियो रे ।’

    उनले अघि भने, ‘यो हाम्राविरुद्ध हमलाको विभिन्न रुप हो । हामी व्यक्तिपूजक होइनौं, मूर्तिपूजक होइनौं । हामी धर्मान्धतामा विश्वास गर्दैनौं । हामी कमिटी प्रणालीमा विश्वास गर्छौं, सामूहिकतामा विश्वास गर्छौं ।’

    आफ्नो नेतृत्वमा सरकार बनेपछि खुइल्याउने काम भएको भन्दै उनले थप भने, ‘मेरो नेतृत्वको पहिलो सरकार बनेपछि पनि उधुम खोइरो खन्ने काम भयो । खुइल्याउने काम भयो । यस पटक संविधान जारी भएपछि बनेको पहिलो सरकारविरुद्ध पनि यो देखियो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार