Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमालेकाे विधान ओली अनुकूल: ७० वर्ष पूरा भएपछि पनि अध्यक्ष हुने बाटो खुला


    आइतबार, असोज १७ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेले ७० वर्षमा कोही उम्मेद्वार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधानमा गरेको छ । 

    ललितपुरको गोदाबरीमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा प्रतिनिधिहरुले प्रश्न उठाएसँगै उपमहासचिव विष्णु पौडेलले  यदि कोही ७० वर्ष पुरा हुनुअघि नै उम्मेदवार भएर जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधान संशोधनमार्फत गरेको जानकारी दिएका छन् ।

    आइतबार ७० वर्षे उमेर हदबारे व्याख्या गर्दै विधान संशोधन प्रस्ताव कार्यदलका संयोजक विष्णु पौडेलले भने, ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने छ । कार्यकालको बीचमै ७० वर्ष पुगे पनि पूरा कार्यकाल काम गर्ने पाउने व्यवस्था हुनेछ’ उनले सुनाए, ‘७० वर्ष छोएपछि हो कि ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने भन्ने कुरा यसले टुंगो लाग्यो । कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा पनि कार्यकालको जिम्मेवारी पूरा गर्न पाउने व्यवस्था हो ।’

    यो व्याख्याले आउँदो दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पूर्ण कार्यकाल अध्यक्ष पदमा रहेर काम गर्न पाउने भएका छन् । 

    एमाले अध्यक्ष ओली अहिले ७० वर्षमा छन् र आगामी फागुनमा उनी ७० वर्ष पूरा हुँदैछन् । तर आगामी मंसिरमा महाधिवेशन गर्ने र, फेरि अध्यक्ष बन्ने उनको योजना छ ।

    एमालेको विधानमा गरिएको ७० वर्ष उमेर हदको नयाँ परिभाषाले अब ओली अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनेछन् ।

    यस्तै एक व्यक्तिले दुई पटक भन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ ।

    पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको आइतबार जवाफ दिँदै उपमहासचिव वषणु पौडेलले कुनै नेताले जिते पनि हारे पति दुई पटक भन्दा बढी उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको बताए । ‘प्रतिनिधिले जिताउँछन् वा हराउँछन् उसको कुरा भयो तर दुईपल्ट मात्रै उम्मेदवार बन्न सक्ने व्यवस्था हो,’ पौडेलले थपे, ‘यसमा कुनै इफ बट हुँदैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार