Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमाले बिधान महाधिवेशनको निष्कर्षः ब्यक्ति होइन, पार्टी बलियो बनाऔं 


    शनिबार, असोज १६ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीलाई देवत्वकरण गर्ने कार्यको टोलीनेताहरुले जमेर बिरोध गरेका छन् । सुदूरपश्चिम प्रदेशका कर्ण थापाबाहेक अरु प्रायः सबै टोली नेताले ब्यक्तिलाई देवत्वकरण गर्ने कार्यको बिरोध गरेका छन् । वक्ताहरुले ब्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने बताएका थिए ।

    एमाले सत्तामा हुँदा ओलीले आफ्नो भजनकीर्तन गर्ने, ओली बा आई लभ यू भन्नेहरुलाई गरेको नियुक्तिको पनि टोली नेताहरुले बिरोध गरेका थिए । आज बोल्ने टोली नेताहरुले ब्यक्ति होइन, पार्टी बलियो बनाउँ भन्ने कुरा जोडतोडले राखेका थएि । पानीको बोतलमा ओलीको तस्वीर राख्नेदेखि केपी शर्मा ओलीको तस्वीर अंकित बडेमानका प्रतिमा(होडिङ) गोदाबरीस्थित सनराइज सम्मेलन केन्द्रमा राखिएको बिषयमा पनि वक्ताहरुले बिरोध गरे । ब्यक्तिको नभएर पार्टीको ब्रान्डिङ गर्नुपर्ने कुरा वक्ताहरुले उठाएका थिए ।

    पार्टी सरकारमा जाँदा टपक्क टिपेर नियुक्ति गर्ने प्रथा हटाई पार्टी कमिटीको सिफारिसमा गर्नुपर्ने बिषय पनि टोली नेताहरुले उठाएका थिए । जनताको बहुदलीय जनवादलाई धर्मग्रन्थ जस्तो नबनाई समयानुकूल अगाडि बढ्नु्पर्ने कुरा पनि उठाइएको थियो ।  

      बिधान महाधिवेशनको दोस्रो दिन शनिबार बोल्ने लुम्बिनी प्रदेशका लीला गिरी,  विदेश विभाग र निकायबाट भानुभक्त ढकाल, बागमतीबाट आनन्द पोखरेल, कर्णालीबाट गोरखबहादुर बोगटीलगायतका वक्ताहरुले मूलतः ब्यक्तिको देवत्वकरण गर्ने प्रवृत्तिको बिरोध गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार