Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले विधान महाधिवेशन : उपाध्यक्षको संख्या थपेर समावेशी बनाउन सुझाव


    शनिबार, असोज १६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा उपाध्यक्षको संख्या थपेर समावेशी बनाउँन सुझाव आएको छ ।

    ललितपुर जिल्लाको गोदावरीमा जारी विधान महाधिवेशनको दोस्रो दिन सहभागिले उपाध्यक्षको संख्या थप्न सुझाव दिएका छन् । विभिन्न १० समूहमा भएको समूहगत छलफलमा सहभागिहरुले उपाध्यक्षको संख्या सात बनाउन सुझाव दिएका हुन् ।

    यस्तै उनीहरुले पदाधिकारी समावेशी बनाउन सुझाव दिएका छन् । महिला, दलित, जनजाति, मधेसी भूगोलका आधारमा उपाध्यक्ष हुनुपर्ने प्रतिनिधिले सुझाव दिएका हुन् ।

    वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष राख्नु पर्ने, सचिवको संख्या बढाएर सात बनाउनु पर्ने, उपमहासचिव कायमै राख्नुपर्ने लगायतका सुझाव आएका छन् । एमालेका केन्द्रीय सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक खिमलाल भट्टराईका अनुसार दुई वटा समूहका सुझाव बन्द सत्रमा पेश भएको छ ।

    केन्द्रीय निकाय, विभाग र जनसंगठनको सुझाव भानुभक्त ढकाल र कर्णाली प्रदेशबाट गोरख बोगटीले समूह छलफलका क्रममा आएका सुझाव पेश गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार