Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेसले कसैसँग मिलेर होइन एक्लैले बहुमत ल्याउँन सक्छ: गगन थापा


    शनिबार, असोज १६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। पूर्व स्वास्थ्य मन्त्री तथा सत्तारुढ  दल नेपाली कांग्रेसका नेता गगन थापाले  अरु सबै पार्टी मिले पनि कांग्रेस एक्लैले बहुमत ल्याउँन सक्ने बताएका छन् । अहिलेको अबस्थामा नागरिक बीचमा गएर भरोसा जगाउन सक्ने नेतृत्व आवश्यक रहेको नेता थापाले बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् ।

    उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ । नागरिकहरुको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ ।’ काँग्रेस अहिलेको यथास्थितीवादले जनताको विश्वास जित्न नसक्ने थापाको भनाइ छ । ‘आज जसरी चलेको छ यसले यसले काँग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन’ उनले भने ।

    थापाले काँग्रेसभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको औंल्याएका छन् । तहगत अधिवेशनले काँग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो । आगामी तीन तहको निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बनाउनु पर्नेमा जोड दिए । सम्पूर्ण कम्युनिष्ट र मधेसवादी दल मिले पनि काँग्रेस पहिलो पार्टी बन्ने गरी काम गर्न थापाको आग्रह छ ।

    ‘काँग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिष्ट, मधेसवादी मिले भने पनि काँग्रेसले जित्ने गरी काम गर्नुपर्छ । हामीले पाँच वर्ष सरकार चलाउनका लागि एकलै बहुमत ल्याउनु पर्छ’ थापाले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार