काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफूलाई सभपाति पदमा जिताउन आग्रह गरेका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उपत्यकाबासीले बाहिरबाट आएका नेताहरूलाई मात्र अघि बढाएको भन्दै यसपटक आफूलाई जिताउन आग्रह गरेका छन् ।
नेता सिंहले उपत्यकाले आफ्नो नेतालाई सधैँ सानो देख्ने बताउँदै भने, ‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई नेता सानो देख्ने, बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काकाबासीले कहिलेसम्म बोक्ने र?’
नेता सिंहले १४औँ महाधिवेशनबाट पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन आफू अगाडि बढेको बताए । उनले भने, ‘काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो रु अरुको छोराहरूले त अवसर पाएका छन् त ।’
वर्तमान पार्टी सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले विश्राम लिनुपर्ने उनको भनाइ छ । उनले १३औँ महाधिवेशनपश्चात् उनीहरूले अवसर भएको बताउँदै भने, ‘तर क्रियाशील सदस्यता मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन । अनि किन गुणगान गाउने रु’
आफूले २०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा पराजित भएसँगै आफूले सभापति देउवालाई असफल नेता भएकाले राजीनामा दिन माग गरेको बताए । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई वाइपास गरेर शक्ति प्रदर्शन गरेको सिंहको आरोप छ ।
उनले भने, ‘पार्टी सभापतिकै जिल्लाको अनसन पार्ट अफिसमा, जिल्ला सभापतिलाई शक्ति देखाएर वाइपास गरेको छ । देश लोकतान्त्रिक बनाउने, पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई बेवास्ता गर्ने, यस्तो पनि हुन्छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend