काठमाडौं । नेकपा (एमाले)को शुक्रबारदेखि ललितपुरको गोदाबरीमा सुरु भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको देवत्वकरणको पार्टीभित्रै बिरोध भएको छ । एमालेको बिधान महाधिवेशनस्थलमा ओलीको ठूला तस्वीर अंकित होर्डिङबोर्ड लगाइएको छ ।
कार्यक्रमस्थलमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ, जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी, कम्युनिष्ट आन्दोलनका गौरब मनमोहन अधिकारीको भन्दा ओलीको तस्वीर र होडिङ यत्रतत्र राखिएको छ । कार्यक्रमस्थल भित्र र बाहिर जताततै ओलीको तस्वीर ठूलो स्ट्याण्ड बनाएर राखिएको छ । स्वागतद्वारमा पनि ओलीका तस्वीर राखी एमालेको होइन, ओलीको जयजयकार गर्ने कार्यक्रमकै झल्को दिन खोजिएको छ ।
पिउने पानीका बोत्तलमा समेत ओलीका फोटो राखेर उनलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखिएको छैन । एक बुर्जुवा पार्टीले पनि नदेखाउने तडकभडक र ब्यक्तिपूजा गर्ने काम नेकपा एमालेका अध्यक्ष ओलीले गराएका छन् । पंचायतकालमा पंचहरुको झुन्डले राजाको चाकरी गर्न ‘हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लाएझैं सातदोबाटोबाट ओलीको जयजयकार गर्दै लगिएको थियो । जुन दृश्य नेपाली कांग्रेसमा समेत देख्न सकिंदैन, पंचायतकै अवशेष राप्रपाले समेत छाडिसकेको छ ।
उत्तर कोरियाका राष्ट्रपति किम जंग उनको जस्तै देवत्वकरण गरिएपछि एमालेमा सामूहिक नेतृत्वका पक्षपाती नेताहरु रुष्ट भएका छन् । एमालेका उपमहासचिव घनश्याम भूसालले त एमाले सामूहिक नेतृत्वबाट बिमुख हुन लागेकोमा चिन्ता नै प्रकट गरेका छन् ।
नेता भूसालले पाार्टी सामूहिक नेतृत्व प्रणालीबाट संचालन हुन नसकेकोमा चिन्ता प्रकट गरेका हुन् । उनले शुक्रबार साँझ पार्टीमा अध्यक्ष ओलीलाई देवत्वकरण गरिएकोमा सांकेतिक बिरोध गर्दै सामाजिक संजालमा लेखेका छन्–‘नेकपा एमालेको जीवनशक्ति सामूहिकता र संगठनात्मक प्रणाली थियो । त्यसलाई बचाउन सकिएन भने अरू कुनै चीजले हामीलाई बचाउन सक्दैन । यति कुरा बुझ्न सक्यौं भने हामीलाई कसैले हराउन सक्दैन ।’
भूसालले जस्तै चिन्ता एमालेका सांसद झपट रावलले पनि गरेका छन् । उनले शुक्रबार साँझ लेखेका छन्–‘चाटुकार बिद्धान भन्दा आलोचनात्मक चेत बोकेको मूर्ख नै मन पर्छ ।’ रावलले ओलीको चाकरी गर्नेहरुप्रति लक्षित गर्दै यस्तो स्टाटस लेखेका हुन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend