Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डको प्रस्ताव: सबै माओवादी धारा मिलेर नयाँ खालको जनयुद्ध गरौं


    शुक्रबार, असोज १५ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फुटेका माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् ।

    आज (शुक्रबार) काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले  माओवादी आन्दोलनलाई भ्रष्टीकरण र विसर्जित गर्ने षड्यन्त्र भइरहेकाले पूर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आएको बताएका हुन् ।

    आफूले बेलैमा सोचेर जनयुद्धको बाटो परिवर्तन गरेर दुष्मनको घेरा तोडेको बताउँदै उनले फुटेपछि प्रतिक्रियावादीहरुले हेप्ने र घेरा हाल्ने काम गरिरहेकाले अब सबै माओवादी धारा एक ठाउँमा आउनु पर्ने समय आएकाे बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले भने, ‘मैले भन्ने गरेको छु हामीलाई यसैगरी हेप्ने र घेरा हाल्ने हो भने नयाँ जनयुद्धमा जान्छु । त्यो भनेर अहिले नै हतियार उठाउने, भूमिगत हुने भनेको होइन । लाखौं जनतालाई लिएर सडकमा गयौं भने यिनीहरूले बनाएको निर्वाचन प्रणाली, यिनीहरूको शासकीय स्वरूपलाई फाल्न सकिन्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार