Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेकाे राजनीतिक प्रतिवेदन: काँग्रेस दलाल, प्रचण्ड अवसरवादी


    शुक्रबार, असोज १५ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर, अवसरवादी र विभाजनकारी नेता भएको आरोप लगाएका छन् । 

    शुक्रबारबाट सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्दै प्रचण्डको सोच र व्यवहारप्रति असहमति रहेको बताएका हुन् ।

    ‘माओवादी केन्द्र, मुलतः ‘प्रचण्ड’ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ’, प्रतिवेदनमार्फत ओलीले भनेका छन् । 

    यस्तै उनले पार्टी विभाजनका लागि मलजल गर्ने काम पनि ‘प्रचण्ड’ सक्रिय रहेकाे आरोप लगाएका छन् ।

    ओलीले प्रतिवेदनमा आफ्नो पार्टीको विभिन्न राजनीतिक दलहरूसँग प्रतिष्पर्धा र प्रतिद्वन्द्विता रहने बताएका छन् ।

    आफ्नो मुख्य प्रतिष्पर्धा पार्टी पनि काँग्रेस भएकाे बताउँदै उनले भने, ‘नेपाली काँग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवम् सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ ।’ 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार