Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुस् यस्तो छ ओलीले विधान महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)


    शुक्रबार, असोज १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ । 

    पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गरेका छन् ।

     समारोहको उद्घाटन सँगै सुरू भएकाे विधान महाधिवेशनमा अध्यक्ष ओलीले पार्टी विभाजनको दोष माधवकुमार नेपालमाथि थोपार्दै ४४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

    उनले पार्टी विभाजनका लागि मलजल गर्ने काम तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि गरेको आरोप लगाएका छन् ।

    एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रचण्डको सोच र व्यवहारप्रति असहमति रहेको उल्लेख छ । ‘माओवादी केन्द्र, मुलतः ‘प्रचण्ड’ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ’, प्रतिवेदनमार्फत ओलीले भनेका छन् ।

    हेर्नुस् प्रतिवेदन

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार