Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अचानक ओलीकाे स्वास्थ्यमा समस्या, महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दागर्दै बीचमै छाडे


    शुक्रबार, असोज १५ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे स्वास्थ्यमा समस्या आएकाे छ ।

    शुक्रबार ललितपुरको गोदावरीमा सुरू भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरिरहेकाे समय स्वास्थ्यमा समस्या आएपछि उनले राजनीतिक प्रस्ताव पेस गर्ने जिम्मा नेता शंकर पोखरेललाई दिएका छन् । 

    ओलीले आफूलाई रूघाखोकीका कारण समस्या भएको भन्दै प्रस्ताव पेस गर्ने जिम्मा पोखरेललाई दिएर बीचमै छाडेका हुन् । ओलीले जिम्मा दिएसँगै पोखरेलले प्रतिवेदन पेस गरिरहेका छन् । 

    आजदेखि सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार