Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेविरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृंखला सुरु भएका छन् सजक रहनु- अध्यक्ष ओली


    शुक्रबार, असोज १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।

    गोदावरीस्थित सनराइज हलमा सुरू भएको प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै ओलीले एमालेविरद्ध घेराबन्दीकाे नयाँ श्रृंखला सुरु भएको उल्लेख गर्दै राष्ट्रिय हितमाथि आक्रमण गरेर मुलुकको भविष्य जोखिममा परेको बताएका हुन् ।

    उनले भने, ‘पार्टीविरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृंखला सुरु भएका छन् । राष्ट्रिय हितमाथि आक्रमण भएर मुलुकको भविष्य जोखिममा परेको छ सजक रहनु ।’ 

    यस्तै अध्यक्ष ओलीले  केही  व्यक्तिहरुका कारण नेपालको कम्युनिष्ट आन्दोलन बदनाम भएको पनि बताएका छन् ।

    महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा ओलीले भने, ‘अहिले आएर केही व्यक्तिले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै बदनाम गरेका छन् । केही व्यक्तिले संगठनमा अराजकता र पदलोलपुतालाई प्राथमिकता दिए ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार