Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यक्ष ओली भन्छन्: अहिलेको एमालेले नेकपाको सकारात्मक विरासत बोकेको छ


    शुक्रबार, असोज १५ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले नेकपाको निरन्तरताको सकारात्मक विरासत बोकेको पार्टी भएको दाबी छन् । 

    गोदावरीस्थित सनराइज हलमा सुरू भएको प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै ओलीले यस्ताे दाबी गरेका हुन् ।

    अध्यक्ष ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’ 

    एमालेबाट बाहिरिनेहरू फुटपरस्त र संगठनात्मक अराजकता फैलाउनेहरू भएको बताउँदै उनले भने, ‘केही व्यक्तिहरू बाहिरिएका छन् । संगठनात्मक अराजकता र फुटलाई उनीहरूले प्रश्रय दिएका छन् । एमालेविरुद्ध संगठित प्रहार सुरू भएको छ ।’ 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार