Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेमा विधान महाधिवेशनकाे राैनक: ओलीलाई सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ गर्ने


    शुक्रबार, असोज १५ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आजदेखि सुरू हुने नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाँदा अध्यक्ष केपी शर्मा ओलीलाई सयौं गाडी र मोटरसाइकलले स्कर्टिङ गरेर महाधिवेशन स्थलसम्म पुर्‍याउने भएको छ ।

    एमाले सांसद महेश बस्नेतका अनुसार ओलीलाई सातदोबाटोदेखि गोदावरीसम्म सयौं गाडी र मोटरसाइकलले स्कर्टिङ गर्ने भएकाे हाे ।

    एमालेकाे प्रथम विधान महाधिवेशन आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । एमालेकाे याे महाधिवेशन असोज १७ गतेसम्म चल्ने बताइएको छ ।

    एमाले स्राेतका अनुसार महाधिवेशनमा देशैभरबाट गरी पाँच हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने छन् ।

    विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुने बताइएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार