काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेण्डा उल्ट्याउने षड्यन्त्रअनुरूप नै भएको बताएका छन् ।
माओवादीलाई घेरा हाल्ने र सकाउने रणनीतिअनुसार नै प्रतिनिधिसभा विघटन गरिएको चर्चा गर्दै उहाँले माओवादी रहँदासम्म परिवर्तनका एजेण्डा कायमै रहन्छ भन्ने भयका कारण प्रतिनिधिसभा विघटन गरिएको भए पनि आफूहरुले नेपाली जनताका साथमा त्यस्ता गलत प्रवृत्ति परास्त गरेको उल्लेख गरेका छन् ।
क्रान्ति नछाड्ने सङ्कल्पसहित आफूहरु आन्दोलनमा उत्रिएका कारण प्रतिगमन परास्त भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान विरोधी गतिविधि परास्त भएको उल्लेख गरेकाक छन् । पार्टीसम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलनमा उहाँले आफूसमेत मिलेर गठन गरेको पार्टी गलत दिशामा गएर जनताका अधिकार उल्ट्याउन खोजिएका कारण आफूहरुले सशक्त प्रतिवाद गरेको बताए ।
पार्टीका कार्यकर्ता नबिग्रिएको तर शीर्ष स्थानमा रहेका नेतामा नै समस्या रहेको भन्दै अध्यक्ष दाहालले अब नयाँ सङ्कल्पसहित विगतको गलत अभ्यासबाट मुक्त भएर अगाडि बढ्ने सङ्कल्प आफूहरुले गरेको बताए ।
शहीद तथा बेपत्ता परिवारलाई थप एकीकृत बनाएर लैजाने तयारीमा आफू रहेको उल्लेख गर्दै उनले विगतको शहादतको उचित मूल्याङ्कन हुने स्पष्ट पार्नुभयो । नेपाली जनताको अधिकारका लागि गरेको त्यागका आधारमा राजनीतिक अधिकार प्राप्त भए पनि शहीदको सपना भने पूर्णरूपमा प्राप्त हुन भने नसकेको उहाँले उल्लेख गरे ।
माओवादी पनि अन्य राजनीतिक दल जस्तै भएको हो कि भने जस्तो भएको भन्दै अध्यक्ष दाहालले आफूले जो जसलाई मन्त्री बनाए उनीहरु नै गलत बाटोमा लाग्नु जस्तो विचित्र अरु केही नभएको बताए । विगतमा सङ्घर्षका लागि अग्रमोर्चामा जाने प्रतिस्पर्धा हुनेगरेको तर अहिले मन्त्री पाइएन, पद पाइएन भनेर रुवाबासी गर्ने प्रतिस्पर्धा चलेकामा उनले गुनासो गरे ।
अध्यक्ष दाहालले अहिलेको गलत निर्वाचन प्रणालीका कारण जनताका प्रतिनिधिले कहिल्यै निर्वाचन जित्न नसक्ने अवस्था आएको भन्दै यसको परिवर्तन जरुरी भएको उल्लेख गरेका छन् । उनले अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको भन्दै त्यसका पक्षमा आफूहरु लाग्नेबित्तिकै गलत प्रणाली उल्ट्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend