Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको बिधान महाधिवेशनम प्रभु साहले भाग नलिने, ओलीलाई भेटेरै राखे ८ बुँदे माग


    बिहिबार, असोज १४ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडौं । नेकपा विभाजन भएपछि मन्त्रीको प्रलोभनमा परी केपी शर्मा ओलीलाई साथ दिएका र एमाले ब्यूँतिएपछि त्यतै लागेका प्रभु साहले केपी शर्मा ओलीलाई भेटेरै भोलिदेखि सुरु हुने पार्टीको बिधान महाधिवेशनमा सहभागी नहुने जनाउ दिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएपछि साह उनलाई भेट्न विहीबार बिहान बालकोट गएका थिए ।

    ओलीले साहलाई फकाउन बोलाएका थिए । तर साहले अध्यक्ष ओलीसँग विभिन्न ८ वटा माग राखेको र माग सम्बोधन नभए बिधान महाधिवेशनमा सहभागी नहुने जवाफ दिएका छन् ।  सहरी विकास मन्त्रीबाट सर्वोच्च अदालतको आदेशले पदमुक्त भएपछि साह एमालेका पछिल्ला केन्द्रीय कमिटी बैठकमा पनि सहभागी हुन छाडेका थिए ।  

    पूर्वमाओवादीबाट रामबहादुर थापा ‘बादल’ टोपबहादुर रायमाझी, लेखराज भट्टहरुसँगै एमालेमा लागेका साहले आफू अझै एमाले हुन नसकेको अभिब्यक्ति दिन थालेका छन् । मन्त्रीबाट हटेपछि साहको एमालेसँगको मोह भंग भएको देखिन्छ । अदालतको आदेशले प्रभु साह मन्त्रीबाट पदमुक्त भएपछि ओलीले पूर्वमाओवादी समूहबाट ज्वालाकुमारी साहलाई कृषि मन्त्री बनाएका थिए । साहले ज्वालाकुमारीलाई मन्त्री नबनाउनू भने पनि ओलीले उनको कुरा नसुनेपछि उनी रुष्ट भएको चर्चा एमाले भएका पूर्वमाओवादीहरुको छ । मन्त्री हुन्जेल उनलाई एमालेले लिएका नीतिप्रति असन्तुष्टि थिएन । तर जब मन्त्रीबाट हटे, उनले नेकपाकै निरन्तरता हुनुपर्ने भन्दै छुटिट्ने बहाना बनाउँदैआएका छन् ।

    एमालेका महेश बस्नेतले बनाएको साइबर सेनाका बिरुद्ध उनले आइटी आर्मी गठन गरी आफ्नो गतिबिधि गर्दैआएका छन् । प्रभु साहले प्रदेश नम्बर २ का जिल्लामा आफ्ना निकटस्थलाई जिल्ला नेतृत्व गठन गर्न नसकेपछि एमालेसँग फरक मत राखेको बहाना बनाउँदै छुट्टिने बाटो खोज्दैआएका छन् । ८ बुँदे माग त्यसैको निरन्तरताका रुपमा लिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार