Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मारवाडीको घरबाट एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति भवनमा सार्ने तयारी 


    बिहिबार, असोज १४ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले थापाथली हाइटमा रहेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सार्ने भएको छ । धुम्बाराहीको पासाङ ल्हामु प्रतिष्ठानमा रहेको एमाले कार्यालय ६ महिनाअघि थापाथलीस्थित संजय अग्रवालको घरमा सारिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्योग राज्यमन्त्री र पछि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनाएका मोतिलाल दुगडले अग्रवालको घर बन्दोबस्त गरेपछि कार्यालय सारिएको थियो ।

    २०७२ को भूकम्पपछि बल्खुमा रहेको कार्यालय क्षतिग्रस्त भएपछि यति समूहका आङछिरिङ शेर्पाले धुम्बाराहीमा एमालेलाई कार्यालयका लागि घर दिएका थिए ।

    दुुुगडले खोजेको थापाथलीस्थित कार्यालयमा एमाले गएको २०७८ बैशाखमा सरेको थियो । थापाथलीस्थित कार्यालयमा जाने सडक साँघुरो भएको र गाडी जाम हुने समस्या भएपछि सार्न लागिएको छ । ओली प्रधानमन्त्री हुँदा ठूला गाडी आवतजावत गर्दा उक्त बाटो जाम भएपछि नै उनले पार्टी कार्यालय सार्न निर्देशन दिएका थिए ।

    एक बर्षदेखि एमालेका केन्द्रीय कमिटीका बैठकदेखि जनवर्गीय संगठनका भेला र कार्यक्रम च्यासलस्थित तुल्सीलाल स्मृति भवनमै हुँदैआएका छन् । अब पार्टी कार्यालय नै सारिने भएको छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार