Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख र प्रधानमन्त्रीले ओलीसँग सिधै वार्ता नगरेसम्म संसद नखुल्ने सचेतक भट्टराईकाे चेतावनी


    बिहिबार, असोज १४ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनु पर्ने बताएका छन् ।

    बिहीबार संसद् भवन नयाँ बानेश्वरमा भट्टराईले अरू सत्ता गठबन्धन दलसँग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने बताएका हुन् ।

    एमाले संवादमा विश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको जानकारी गराउदै उनले  आफूहरूले उठान गरेका मुद्दामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसँँग मात्र सिधै छलफल गर्नुपर्ने बताएका हुन् ।

    भट्टराईले एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला कदमविरुद्ध रहेको बताएका छन् ।

    उनले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानुन, संविधान विपरीत, र नैतिक दृष्टिकोणले पनि उचित नभएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार