Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले विधान महाधिवेशनः सहभागीलाई गाँस, बास र गाडीकाे व्यवस्था


    बिहिबार, असोज १४ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । एमालेले भोलि (शुक्रबार) बाट सुरु हुने विधान महाधिवेशनको सबै तयारी सकिएको बताएको छ ।

    महाधिवेशन मूल आयोजक समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले पत्रकार सम्मेलनमार्र्फत तयारी पूरा भएको बताउँदै तीन दिनसम्म गरिने कार्यसूची सार्वजनिक गरेका छन् । 

    बादलका अनुसार ६ हजार प्रतिनिधि सहभागी हुने भनिएको महाधिवेशनमा सहभागीहरूले बिहानको खाना र दिउँसोको खाजा पार्टीको तर्फबाट पाउने छन् भने बेलुकीको खाना र बासस्थानको भने आफैँले व्यवस्थापन गर्नुपर्नेछ । 

    सवारीसाधन नहुने जनप्रतिनिधिलाई सातदोबाटोबाट पार्टीका झन्डावाल गाडीले महाधिवेशनस्थल गोदावारी लैजानेछ भने बेलुका सातदोबाटोमै ल्याएर छाड्नेछ । सातदोबाटोभन्दा टाढा बासस्थान भएकाले आफ्नै खर्चमा यात्रा गर्नुपर्ने बादलले जानकारी गराए ।

    uml1_bkOPrOMmy3.jpg
    uml2_Xqt5PXQelp.jpg
    uml3_gSK59t2gJA.jpg
    uml4_BymwTx4OFr.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार