Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • महन्थकाे साथ छाडेका राजकुमार लेखी एमालेमा प्रवेश गर्दै


    बिहिबार, असोज १४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट राजीनामा दिएका नेता राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

    नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको भन्दै लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका थिए।

    जसपा नेपालबाट हालै विभाजित भएर गठन भएको लोसपामा सामेल भएका उनले पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिनुपरेको बताएका थिए ।

    उनी एमाले प्रवेश गर्न लागेको एमाले प्रदेश–२ मा संसदीय दलका नेता सत्यनारायण मण्डलले पुष्टि गरेका छन् ।

     मण्डलले भने- ‘उहाँ एमालेमा फर्किन लागेको सत्य हो । विधान महाधिवेशन अगाडि वा पछाडिको उपयुक्त समयमा उहाँलाई स्वागत गर्दैछौं’, एमाले स्थायी कमिटी सदस्य समेत रहेका मण्डलले भने, ‘उहाँलाई मूल घरमा स्वागत गर्न पाउँदा खुशी छौं । धेरै नेता कार्यकर्ताहरु विस्तारै एमालेमै आउनु हुन्छ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार