काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलन र उपलब्धि समाप्त पार्ने रणनीति परास्त गरेको बताएका छन् ।
शहीद प्रतिष्ठान नेपालको १२ औं साधारण सभालाई काठमाडौंमा बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘गएको डेढ वर्षदेखि लगातार हामी जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउन खोज्ने प्रतिक्रान्तिकारी र प्रतिगमनकारी प्रवृत्तिसँग संघर्ष गर्यौं । त्यो ब्याटलमा हामी विजयी भएका छौं, ‘एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनले भने, ‘हामी पराजित भएको भए संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने, समावेशी समानुपातिक मौलिकलगायत प्राप्त अधिकार उल्टिने खतरा थियो ।’
शान्ति प्रक्रियाको १५ वर्षपछि पनि पनि आफूहरुलाई अझै घेरा हाल्ने काम भइरहेको दाबी प्रचण्डले गरेका छन् ।
‘शान्ति प्रक्रियापछिको १५ वर्षपछि उनीहरुले हामीलाई घेरा हालिरहेका छन् । घेरा तोड्ने र प्रतिरोध गर्ने अभियानमा हामी छौं’, उनले भने, ‘हामी सरकारको साझा न्यूनतम् कार्यक्रममा कम्तीमा जनयुद्धका शहीदबारे ठोस निर्णय लिन्छौं । सत्य निरुपण तथा बेपत्ता आयोगलाई सक्रिय बनाएर राहत प्रक्रिया अघि बढाउँछौं ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend