Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् बैठक निर्वाध र मर्यादित बनाउन प्रमुख प्रतिपक्षीलाई आग्रह, ओली संवादबाट भागेको सत्तापक्षको दाबी


    बिहिबार, असोज १४ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाएकाे सर्वदलीय बैठकले संसद् बैठक निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सो दलका नेता केपी शर्मा ओलीलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी रहेका थिए ।

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखको केही कार्यप्रति असन्तुष्टि जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएपछि यस गतिरोधको अन्त्यका लागि प्रधानमन्त्रीले अगुवाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेकाे आग्रहका आधारमा प्रधानमन्त्रीले आजको बैठक आह्वान गरेका हुन् ।

    बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले नै अनुपस्थित हुनुले सो दल संवाद र वार्ताबाट पन्छिन खोजेको हो कि भन्ने आशङ्का जन्माएको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई बताए ।

    बैठकमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई वार्ता, संवाद र सहमतिका लागि पहल गर्न आग्रह गरेकाे मन्त्री कार्कीले जानकारी दिए।

    प्रतिनिधिसभामा ३० र राष्ट्रिसभामा २७ वटा विधेयक विचाराधीन रहेको अवस्थामा संसद् अवरुद्ध गर्नु उपयुक्त नरहेको बताउँदै प्रवक्ता कार्कीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयलाई निकास दिन संसद्को बैठक अवरुद्ध नगर्न आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार