Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा सर्वदलीय बैठक बस्दै


    बिहिबार, असोज १४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक गतिरोध हटाउनका लागि आह्वान गरेको सर्वदलीय बैठक आज बस्दैछ  । 

    बैठक बिहान १०  बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए । सर्वदलीय बैठकमा संसद अवरोध हटाउने लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

    संसद्मा प्रतिनिधित्व गर्ने पाँच वटा दल सत्ता गठबन्धनमै छन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् ।

    प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सर्वदलीय बैठकमा डाकेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाले १४ सांसदलाई कारबाही नगरेको भन्दै संसद अवरुद्ध गर्दै आएको छ ।
    यसअघि पनि सभामुख सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका थिए । तर, उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार