Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक


    बुधबार, असोज १३ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक गतिरोध हटाउनका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलका लागि बोलाएका हुन् । सर्वददलीय बैठकमा संसद अवरोध हटाउने लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

    संसद्मा प्रतिनिधित्व गर्ने पाँच वटा दल सत्ता गठबन्धनमै छन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् ।

    प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सर्वदलीय बैठकमा डाकेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाले १४ सांसदलाई कारबाही नगरेको भन्दै संसद अवरुद्ध गर्दैआएको छ ।

    भदौ २३ देखि सुरु भएको संसदको बैठक एमालेले निरन्तर अवरोध गर्दैआएको छ । सभामुख सापकोटाका बिरुद्ध नाराबाजी गर्दै एमालेले सदन अवरोध गरेकै अवस्थामा बजेट सम्बन्धी बिधेयक पास गरिएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार