Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमाले अध्यक्ष ओली गोदावरीमा, बिधान महाधिवेशन तयारीको अवलोकन


    बुधबार, असोज १३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिधान महाधिवेशन हुने गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अवलोकनमा गएका छन् । शुक्रबारदेखि आइतबारसम्म हुने एमालेको विधान महाधिवेशन गोदावरीको सम्मेलन केन्द्रमा हुँदैछ । एमालेको पहिलो बिधान महाधिवेशनमा करिब ५ हजार सहभागी हुने बताइएको छ ।

    महाधिवेशनका सहभागीहरूलाई सम्मेलन केन्द्रसम्म पु¥याउन ललितपुरको सातदोबाटोबाट गाडी व्यवस्था गरिएको छ । उक्त सम्मेलन केन्द्रको हलमा २ हजार आठ सय ४० जना मात्रै अट्ने क्षमता छ ।

    केन्द्रमा नअट्ने सहभागीको सहजताका लागि हल बाहिर ठूला डिजिटल स्क्रीन राखिने ब्यवस्था गरिएको छ  । ती डिस्प्लेको अगाडि दुईतर्फ सहभागीलाई राखिने छ । करिब तीन सय स्वयंसेवक विधान महाधिवेशनमा खटिने भएका छन् ।  विधान महाधिवेशनमा सहभागीलाई खाने व्यवस्था केन्द्रले गर्नेछ भने बस्ने व्यवस्था प्रदेश कमिटीले गर्ने भएको छ ।

    एमालेको बिधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी, सदस्य, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यहरु सहभागी हुनेछन् । यसमा केन्द्रीय आयोगमा अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार मञ्च, ज्येष्ठ कम्युनिष्ट मञ्चका सबैले भाग लिनेछन् । प्रदेश कमिटीका सबै, प्रत्येक विभागबाट सचिवसहित पाँचजनाको प्रतिनिधित्व हुनेछ ।

     प्रत्येक घोषित जनवर्गीय सङ्गठनबाट पदाधिकारी र वरिष्ठ सदस्यबाट १० जनाले भाग लिने बताइएको छ । जिल्ला कमिटी पदाधिकारी र प्रत्येक निर्वाचन कमिटीबाट एकजना महिला अनिवार्य हुने गरी दुई र प्रत्येक जिल्लाबाट कम्तीमा एकजना दलित सदस्य भाग लिनेछन् । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख र पार्टीका सदस्य भएका पालिकाका प्रमुख र उपप्रमुख प्रतिनिधि हुनेछन् । पार्टी  एकतामा सामेल भएकालाई सम्मानजनक प्रतिनिधित्व व्यवस्था रहेको र १० प्रतिशत केन्द्रीय कमिटीले मनोनय गर्ने बताइएको छ । पार्टीको प्रवास कमिटीहरूबाट पनि प्रतिनिधि सहभागी हुनेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार