Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियारकाे छापापछि मुख्यमन्त्री राउतले भने: यो प्रदेश सरकार र मुख्यमन्त्रीलाई बद्नाम गर्ने षड्यन्त्र हो


    बुधबार, असोज १३ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रदेश–२ का मुख्यमन्त्री लालबााबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेका आरोप लगाएका छन् ।

    बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिए लगत्तै राउतले पत्रकार सम्मेलन गर्दै अख्तियारको उक्त शैलीको विरोध गरेका हुन् ।

    मुख्यमन्त्री राउतले भने, ‘जुन तरिकाबाट अख्तियारका मान्छे प्रस्तुत भए उनीहरूको नियत ठीक देखिएन । एकै पटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरु नै तत्व मिलेका छन् । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो भएको हो ।’

    आफूले अख्तियारको शैलीका बारेमा प्रमुख आयुक्त प्रेमकुमार राईसँग फोन गरेर आपत्ति जनाएको समेत राउतले जानकारी गराएका छन् ।

    राईले पनि कमजोरी स्वीकार गरेको भन्दै मुख्यमन्त्री राउतले भने, ‘यो प्रदेश सरकार र मुख्यमन्त्रीलाई बद्नाम गर्ने षड्यन्त्र हो ।’ 

    आयोगले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको उजुरी परेपछि बुधबार दिउँसो मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियाे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार