Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्रमन्त्री खड्काको शपथ बदरको रिट न्यायाधीश कार्कीको बेञ्चमा


    बुधबार, असोज १३ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सर्वोच्च अदालतले परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ बदर गर्न माग गरिएको रिटमाथि सुनुवाइ तोकेको छ । सर्वोच्चले न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोेकेको हो ।

    गत ६ असोजमा खड्काले परराष्ट्रमन्त्रीका रूपमा राष्ट्रपतिसमक्ष लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट परेको हो । कानुनी व्यवस्थाविना नै मन्त्री खड्काको शपथ भएको भन्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

    रिटमा संविधानको धारा ८० अनुसार संघीय कानुन बनाएर मात्र शपथको व्यवस्था गर्न माग गरिएको छ । रिटमा शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार