काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’ले नेपालमा चीनबिरुद्धका गतिबिधिलाई अगाडि बढाउने क्रम जारी राखेको छ । चीनको नेपालसँग सीमा विवादै नभए पनि नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि र जीवनबहादुर शाहीमार्फत् पार्टीमा कुरा उठाई कार्यदल गठन गर्नुपर्ने स्थिति सृजना गरेको थियो । कार्यदलका संयोजक गृहमन्त्रालयका सहसचिव जयनारायण आचार्यको समितिले आइतबार बुझाएको प्रतिवेदनमा चीनले सीमा मिचेको ठोस सबुत नभेटिएको उल्लेख गरेको छ ।
चीनले सीमा मिचेको ठोस प्रमाण नै नभए पनि ‘रअ’ले मंगलबार काठमाडौंमा चीनबिरुद्ध प्रदर्शन गराएको छ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) निकट युवासंघले मंगलबार हुम्लामा चीनले नेपाली सीमा अतिक्रमण गरेको भन्दै बिरोध प्रदर्शन गरेको हो ।
भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले नदी तरिरहेको अवस्थामा तुईन काट्दा दार्चुला ब्यासका जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको घटना ओझेलमा पार्न ‘रअ’ले चीनसँगको सीमा विवादको बिषय निकाल्न लगाएको थियो । धामीको मृत्यु एसएसबीले तुईन काटेकै कारण भएकाले दार्चुलाबासीदेखि देशका सबै क्षेत्रबाट बिरोध भएपछि भारतले त्यसबाट ध्यान मोड्न चीनसँगको हुँदै नभएको सीमा विवादको बिषय नेपाली कांग्रेसका नेताहरु निधि र शाहीमार्फत् उठाएको थियो ।
सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न गठित कार्यदलले मिचिएको प्रमाण भेट्टाउन नसकेपछि ‘रअ’ले आज युवाका नाममा बिरोध प्रदर्शन गर्न लगाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend