Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावल भन्छन्: १० बुँदे धेरै ठाउँमा कार्यान्वयन भइसक्यो, कतै समस्या देखिए मिलाउँदै जान्छौं


    मंगलबार, असोज १२ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । एमालेको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदल संयोजक भीम रावलले असार २७ मा भएको १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको बताएका छन् । 

    आज (मंगलबार) एमाले पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा रावलले १० बुँदे सहमतिको केही बुँदा कार्यान्वयन भइसकेको र सहमतिका अरू बुँदाको कार्यान्वयन गर्ने विषयमा समस्या देखिए मिलाउँदै जाने बताएका हुन् ।

    १० बुँदे सहमति कार्यान्वयन, एमाले केन्द्रीय सदस्यमा नयाँ मनोनयन र विधान महाधिवेशनका क्रममा आउने समस्या समाधानका लागि बनाइएको कार्यदल संयोजक रावलले अब विस्तारै सबै मिल्दै जाने बताए ।

    रावलले समस्या देखिएका ठाउँमा समाधान गर्दै जाने पनि बताएका छन् । ‘जहाँ–जहाँ समस्या छन् त्यही अनुसार समाधान गर्छौ’, उनले भने, ‘नीतिगत व्यवस्था गरेर हामी मिलाउँछौं ।’

    त्यस्तै बैठकमा विधान महाधिवेशनमा हुने प्रतिनिधित्वका विषयमा देखिएका समस्याहरू समाधानका लागि छलफल भएको उनले बताए । विधान महाधिवेशनमा प्रतिनिधित्वका लागि उपयुक्त विधि र संरचनागत समाधानका विभिन्न उपायहरूमाथि छलफल भएको उनले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार