Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेमा १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि, केन्द्रीय कमिटी बैठकबाट बाहिरिए भीम रावल


    आइतबार, असोज १० २०७८
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावल पार्टीकाे केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन् ।

    १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्ट जनाउँदै आएका रावल आज (आइतबार) विहान ११ बजेबाट शुरु भएको बैठकबाट एकैछिनमा बाहिरिएका हुन् । 

    शुक्रबारको बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न गरेका रावललाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीकै बीचमा स्थायी समिति बसेर त्यसबारे आवश्यक निर्णय गर्ने बताएका थिए । तर, ओलीले आइतबार केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी गरिरहेका बेला आइतबार विहानसम्म पनि स्थायी समिति नबोलाएपछि भड्किएका रावल बैठकबाट बाहिरिएका हुन् ।

    असार २७ को १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राख्दै आएका रावल आइतबार बसेको केन्द्रीय कमिटी बैठकबाट एकैछिनमा बाहिरिएका हुन् । रावलले १० बुँदे अनुसार जेठ २ मा फर्काएर आफूलाई सुदूरपश्चिम इन्चार्जमा कायम गर्नुपर्ने अडान राख्दै आएका छन् । 

    तर अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले तत्कालीन नेकपाको निरन्तरता पनि भएकाले सुदूरपश्चिम इञ्चार्जमा लेखराज भट्ट नै यथावत हुने अडान राखिरहेका छन् ।

    यस्तोमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा नेता रावल, झपट रावल र भानुभक्त जोशीले १० बुँदे कार्यान्वयन नगर्ने हो भने नेतृत्वको निर्णय स्वीकार्न नसकिने चेतावनी दिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार