Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डा. बाबुराम भट्टराईको राजनीतिक यात्रा: पाँच वर्षमा चार पार्टी


    आइतबार, असोज १० २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेता डा. बाबुराम भट्टराईले एकीकृत माओवादी त्यागेको ६ वर्ष पूरा भएको छ ।

    संविधान जारी भएपछि मधेसमा विरोध प्रदर्शन भइरहेका बेला भट्टराईले ९ असोज २०७२ मा पत्रकार सम्मेलनमार्फत एकीकृत माओवादी त्यागेको घोषणा गरेका थिए ।

    संविधान घोषणा भएकै दिन संविधानसभा बैठकबाट बाहिरिँदा ‘अपूर्ण संविधान’ जारी गरेको बताएका उनले एमाओवादी त्यागेका थिए ।

    उनले पाँच ‘स’ शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवादी आफ्नो आगामी राजनीतिक एजेण्डा रहने बताएउँदै एमाओवादीसँगै  संविधानसभा सदस्यबाट पनि राजीनामा दिएका थिए ।

    पाँच वर्षमा चार पार्टी

    संविधानसभाबाट संविधान जारीसँगै डा. भट्टराई चार पार्टीमा आबद्ध भए । संविधान जारी गर्दा एकीकृत माओवादीमा रहेका उनले ९ असोज २०७२ मा सो पार्टी त्यागे । जेठ २०७३ मा नयाँ शक्ति पार्टी नेपाल स्थापना गरे । पछि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण भयो ।

    भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल गठन गरेका थिए । पछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकता भयो । यी दुई पार्टीबीचको एकतापछि जनता समाजवादी पार्टी नेपाल गठन गरियो । अहिले भट्टराई अहिले जसपाको संघीय परिषद् अध्यक्ष छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार