काठमाडौं । नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा तेस्रो धारका नेताहरुलाई समूहको नेता बन्नबाट समेत बन्चित गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे जस्ताको तस्तै लागू नहुने भनेर तेस्रो धारका नेताहरुको हैसियत देखाइदिएकै थिए । केन्द्रीय कमिटी बैठकमा टोली नेता समेत बन्न नदिएपछि एमालेभित्र तेस्रो धारको हरिबिजोग भएको छ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि १० वटा समूह बनाएर गरिएको छलफलमा ओलीले तेस्रो धारका नेताहरुलाई बोल्ने मौका समेत नदिई निषेध गरेका छन् ।
ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा १० वटा समूह बनाएर छलफल प्रारम्भ गरिएको थियो । तर १० वटा समूहमा तेस्रो धारका नेताहरुलाई समेटिएको छैन ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो । तर दशवटै समूहको टोली नेता चयन गर्दा तेस्रो धारका नेताहरुलाई बन्चित गरिएको छ । समूहगत छलफलको टोलीनेता सबै केपी शर्मा ओली निकट नेताहरु छन् ।
समूहगत छलफलका लागि छानिएका टोलीनेतामा प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना र कर्णालीबाट यमलाल कँडेल छन् । सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईलाई राखिएको छ ।
नेकपा एमालेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल एकताको पक्षमा रहे । सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, अनुशासन आयोगका प्रमुख अमृत बोहरा पार्टी विभाजनको पक्षमा लागेनन् । तर पार्टी एकताको पक्षम १० बुँदे अनुमोदन गरेको एमालेले पछिल्ला दिनमा त्यो लागू नगरी तेस्रो धारका नेताहरुलाई अपमान गर्दैआएको छ ।
एमालेले जेठ २ मा फर्किने भने पनि सुदूरपश्चिम प्रदेशको इन्चार्ज भीम रावललाई मान्यता नदिई लेखराज भट्ट नै हुने घोषणा गर्नेदेखि सर्लाही, सिरहा, बारा जस्ता जिल्ला कमिटीको बारेमा पनि तेस्रो धारको माग सुनुवाइ नगरेको गुनासो छ । ओलीका निकट नेता रघुवीर महासेठले जेठ २ लागू हुन नसक्ने भनेपछि सिरहाका अध्यक्ष प्रमोद यादव र बाराका सुन्दर यादव नेकपा समाजवादीमा गइसकेका छन् । सर्लाहीका अध्यक्ष रेवती पन्तलाई पनि अस्वीकार गरी समाजवादीतिरै पठाउने योजनामा ओली पक्ष छ । सर्लाहीमा रघुवीर महासेठले जेठ २ का अध्यक्ष पन्तलाई मान्यता नदिने, राजनारायण साह नै अध्यक्ष कायम हुने फर्मान जारी गरिसकेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend