काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का नेता जीवनराम श्रेष्ठले विपन्न वर्गको पक्षमा कम्युनिष्ट आन्दोलन केन्द्रित गर्नुपर्ने बताएका छन् ।
नेकपा एकीकृत–समाजवादी काठमाडौँ महानगरपालिका वडा २७ ले आज आयोजना गरेको कार्यक्रममा उनले नेकपाको नेतृत्वमा करिब दुई तिहाइ बहुमतको सरकार गठन भएको भए पनि असंवैधानिक गतिविधि सञ्चालन गरी मजदुर, किसान, गरिब वर्गका हितमा कार्य गर्न नसकेकाले आफूहरुले नयाँ पार्टी स्थापना गरेको बताएका छन् ।
नेपाल ओलम्पिक कमिटीको अध्यक्षसमेत रहनुभएका श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि युवा वर्गको विशेष भूमिका रहेको उल्लेख गर्दै एकीकृत–समाजवादीले पार्टीको नेतृत्वमा ४० प्रतिशत युवालाई सहभागी गराउने नीति लिएको जानकारी दिए ।
वाग्मती प्रदेशसभा सदस्य वसन्त मानन्धरले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा आफ्नो पार्टी क्रियाशील रहने बताउँदै अहिले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा रहेको निजी क्षेत्रको नियन्त्रणलाई न्यूनीकरण गरी सरकारले सर्वसुलभ बनाएर सबै नागरिकको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिएका छन् ।
संविधानसभा सदस्य प्रभा वज्राचार्यले सङ्गठनलाई विस्तार गर्न देशभर राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । कार्यक्रममा आनन्दराज भण्डारीको नेतृत्वमा २५ सदस्यीय वडा शाखा कमिटी गठन गरिएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend