Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा समाजवादी रामेछाप जिल्ला कमिटी गठन, रमेश बस्नेत अध्यक्ष, घिसिङ सचिव 


    शनिबार, असोज ९ २०७८
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को रामेछाप जिल्ला संगठन कमिटी गठन भएको छ । आज सम्पन्न नेकपा समाजवादी रामेछापको कार्यकर्ता भेलाले रमेश बस्नेत अध्यक्ष र लालसिंह घिसिङ सचिव रहेको १ सय ९१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।  बस्नेत मन्थली नगरपालिकाका प्रमुख हुन् । 

    ramechap s.jpg
    नेकपा समाजवादी रामेछापको कार्यकर्ता भेला 

    जिल्ला संगठन कमिटी घोषणा कार्यक्रमको उदघाटन प्रमुख अतिथि उपाध्यक्ष केदार न्यौपानेले गरेका छन् । कार्यक्रममा नेकपा समाजवादीका केन्द्रीय सदस्य सावित्रा भूसाल, देवशंकर पौडेल, कृष्णकुमार श्रेष्ठ(किसान), होमबहादुर बुढाथोकी लगायतका नेताहरु उपस्थित थिए । 

    कार्यक्रममा युवासंघ अध्यक्ष नरेश शाही, उपाध्यक्ष नितेश पौडेल, हिरेन्द्र शाही लगायतको उपस्थिति थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार