Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका बिषय


    शनिबार, असोज ९ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज  पनि बस्ने भएको छ । आज बस्ने बैठकमा विधान महाधिवेशनका लागि तयार पारिएका तीन प्रतिवेदनमाथि भएका समूहगत छलफलका विषयहरु प्रस्तुत हुनेछन् ।

    आज ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष समेटेर तीन वटै प्रस्ताव पारित गरिने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा हिजोबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

    त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः सांगठनिक र विधान संशोधन प्रस्ताव पेस गरेका छन् । एमालेले उक्त प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफलका लागि सात प्रदेश र विभागीय प्रमुख, फाँटमा प्रमुख–उपपमुख र विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह छुट्याइएको छ ।

    उनीहरुले दिएको सुझाव अनुसार तीन वटै प्रतिवेदन परिर्माजनसहित पारित गरिने एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । आज विहान ११ बजेदेखि समूहगत छलफल हुनेछ । त्यसपछि दिउँसो ३ बजे केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने छ । केन्द्रीय समितिले पारित गरेका प्रतिवेदन विधान महाधिवेशनमा पेस गरिने उनको भनाइ छ । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म सम्म ललितपुरको गोदावरीमा हुँदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार