Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमालेमा फुटकाे संकेत: बैठक बहिस्कार गर्ने तेस्रो धारको चेतावनी


    शुक्रबार, असोज ८ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

    विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्न शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै बैठक बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

    उनीहरुले एकता प्रस्तावको अक्षरस पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने जनाएको छ । शुक्रबारको एमाले बैठकमा तीनवटा दस्तावेजमा समूहगत छलफल गर्न आठवटा समूह बनाइएको छ । तर तेस्रो धारको एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पस्ट भएको छैन ।

    तेस्रो धार नामको समूह बनाएर १० बुँदे सहमतिको आधारमा एमालेमै रहने निर्णयमा पुगेका नेताहरूले अहिलेसम्म केही जिम्मेवारी पाएका छैनन् । यसरी १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएपछि एमाले पून: फुटकाे संघारमा पुग्ने त हैन भन्ने कुरा धेरैकाे चिन्ताकाे बिषय बनेकाे छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार