Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोकुल बास्कोटाप्रति प्रचण्डको व्यंग्य : ७० करोडको कुरा त सुन्नु भएकै होला !


    बिहिबार, असोज ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेता गोकुल बास्कोटामाथि कडा व्यंग्य गरेका छन् । 

    वाईसीएलको पाँचखाल नगर सम्मेलन सम्बोधन गर्न काभ्रे पुगेका प्रचण्डले त्यहाँबाट निर्वाचित सांसद गोकुल बास्कोटा जोडिएको ७० करोड काण्डबारे चर्चा गरेका हुन् । 

    प्रचण्डले सेक्युरिटी प्रेस खरिदको ७० करोड बार्गेनिङको प्रसंग निकाल्दै छानबिन गर्नभन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले फसाएको भनेर बास्कोटालाई संरक्षण दिएको प्रचण्डले दाबी गरे । 

    उनले भने –  ‘ओली प्रम भएपछि भ्रष्टाचार गर्दिनाँ, गर्न दिन्नँ भने । सुन्दा योभन्दा राम्रो त कुरा हुँदैन । तर उनले आफूले गरेका भ्रष्टाचार ढाकछोपमात्रै गरे,’ उनले थपे, ‘काभ्रे जिल्लामा ७० करोडको कुरा त सुन्नु भएको होला । यो काण्ड प्रमाणित रूपमा आयो । मैले यस्तो विकृति विसंगति रोक्नुपर्छ भनेर ओलीलाई भने । तर ओलीले अकार्ले फसाएको हो भनेर उन्मुक्ति दिए । नांगै भ्रष्टाचार गर्ने, अनि गर्दिन गर्न दिन्न भन्ने ?’

    उनले ओलीको पालामा सुरुदेखि नै भ्रष्टाचार भएको भन्दै उनको कार्यकालमा यति, ओम्नी, ७० करोड, खोपमा अनियमितता, वाइडबडी, जाँदाजाँदै बाजागाजामा करोडौंको भ्रष्टाचार गरेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार