Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सरकारप्रति ओलीकाे काउन्टर: यिनीहरुकाे छातीभित्र मुटु होइन, दर्शनढुंगा छ


    बिहिबार, असोज ७ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको चर्को आलोचना गरेका छन् ।

    एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा बाेल्दै ओलीले  सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गरेका छन् ।

    सरकारले प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा प्रयोग गरेको बताउँदै उनले भने, ‘प्रहरीलाई कस्तो अप्ठ्यारो परेको छ हेर्नुस् त, अह्राएपछि नजाउँ पनि भएन । यो गर, त्यहाँ गएर ताला लगा भनेको छ, होइन भने दुर्गममा सरुवा गरिदिन्छ ।’

    आफूतिर नलाग्ने शिक्षकलाई दुर्गममा सुरुवा गर्न थालेको भन्दै उनले भने, ‘यिनीहरुको त मानवीय मन पनि छैन । यिनीहरुका छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा । त्यो पनि दर्शनढुंगा भन्छन् नि छिप्पिएको सेतो । त्यस्तो मुटु छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार