Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बादलमाथि प्रचण्डको आक्राेश, त्यसकाे त नाम सम्झिँदा पनि एलर्जी हुन्छ


    बिहिबार, असोज ७ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको साथमा साथ मिलाएर हिड्ने साथीले आफूलाई धाेका दिएकाे भन्दै अब उसकाे नाम सुन्दा पनि एलर्जी हुने बताएका छन् ।

    वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले जसलाई गृहमन्त्री बनाएर सरकारको नेतृत्व  दिए उसैले धाेका दिएकाे भन्दै गुनासाे गरेका हुन् ।

    उनले टोपबहादुर रायमाझी र रामबहादुर थापा बादको नाम लिँदै भने, ‘त्यो टोपबहादुर भन्नेलाई मैले कति चोटी मन्त्री बनाएँ अहिले त कहाँ हेर्नुस् त । त्यो बादल मेरो हिजोको साथी, बढि त भन्दिन अहिले तर एलर्जी हुन्छ, सम्झिँदा पनि….कहाँबाट ल्याएर गृहमन्त्रीसहित सरकारको तपाई नेतृत्व गर्नुस् भनेर बनाएको त..?’

    फरक प्रसंगमा प्रचण्डले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको पार्टी हुने दावी समेत गरेका छन् । 
    ‘हेर्नुहोला हामी एक नम्बर भएर देखाउँछौ, देखाउनैपर्छ । सबै जाग्ने हो भने त्यो टाढा छैन’, प्रचण्डको भनाइ छ । उनले कहिलेकाहीँ कसैले मानिसहरु निरास छन् भन्ने गरेको सुनेको भन्दै आफुले जनता निरास नभएको भनेर भन्ने गरेको बताए । ‘मैले के भन्ने गरेको छु भने जनता त निरास छैनन् । जनता अलिअलि वाक्कदिक्क भाका छन् किनभने माओवादीका नेता कहाँ गए ? सधै घरमा आउँथे, दुःख सुखका कुरा गर्थे, खेतीपाती पनि सघाउँथे भनेर निरास छन् । आइदिए हुन्थ्यो भन्ने छ’, प्रचण्डको भनाइ छ ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार