Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीले वडाध्यक्षमाथि हातपात गरेपछि पौडेल समूह प्रतिकारमा, विरोध प्रदर्शनकाे तयारी


    बिहिबार, असोज ७ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पार्टी मुख्य कार्यालय सानेपामा धर्नामा बसेकाहरुलाई मन्त्रीले हातपात गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह प्रतिकारमा उत्रिएको छ । 

    मंगलबार प्रदेश–२ का युवा तथा खेलकुद र महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही जिल्ला बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई हतपात गरेको भन्दै पौडेल समूह प्रतिकारमा उत्रिएको हाे । 

    उनीहरु बीच क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद भएको थियो ।

    साेही ङटनाकाे विराेधमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी मुख्य कार्यालयमा विरोध र धर्ना दिने तयारी गरेको छ ।

    कांग्रेस सांसद अमरेशकुमार सिंहको नेतृत्वमा विरोध प्रदर्शन गर्न लागिएको हो । सिंहका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिने भएका हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार