Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेकपा समाजवादीको पदाधिकारी चयन, महासचिवमा भुसाल, सचिवमा रामकुमारी झाक्री


    बिहिबार, असोज ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ ।

    बिहीबार बिहान बसेको सचिवालयको बैठकले पदाधिकारीको टुंगो लगाएको हाे । बैठक महासचिवमा बेदुराम भुसाल चयन भएका छन् भने उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल अनुमोदन भएका छन् । 

    241770827_595568771474662_3325171873050724652_n.jpg
    नेकपा एकीकृत समाजवादीको पदाधिकारीहरू

    यस्तै,सचिवालयको बैठकमा झाँक्रीलगायत जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठलाई सचिव बनाउने सहमति भएको सचिवालयले जनाएको छ।

    बैठकले नेताहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राईलाई उपाध्यक्ष बनाएको छ 

    मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार