Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामचन्द्र पौडेल भन्छन्: कार्यकर्ताले कुन नेता कस्ताे भनेर मूल्यांकन गर्ने बेला आएको छ


    बिहिबार, असोज ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको बताएका छन् ।

    आज बिहान पर्वतमा कांग्रेसले निर्माण गरेको नवनिर्मित पार्टी कार्यालय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पौडेलले १४ औं महाधिवेशनमा कार्यकर्ताले वडादेखि केन्द्रसम्मै सही नेतृत्व छान्न सके अहिलेको जस्तो अलमलको अवस्थामा नरहने दाबी गरे ।

    ‘महाधिवेशन सामुन्ने आइसकेको छ, पार्टीलाई कस्तो नेतृत्व दिने भन्ने यो महाधिवेशनले तय गर्नुपर्छ। पार्टीका नेता/कार्यकर्तालाई नेतृत्वले मूल्यांकन गर्न सकेन भन्ने गुनासो छ तर अब कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्न जरूरी भइसकेको छ,’ पौडेलले भने।

    यस्तै उनले उनले बिपी अनुकूलको पार्टी वा नेतृत्व छ कि छैन भन्ने समीक्षा गरिनुपर्ने पनि बताए ।

    ‘नेताले कार्यकर्ता मूल्यांकन गर्ने मात्र होइन अब कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको छ। महाधिवेशनकै बेला सही नेतृत्व दिन सके अहिलेको जस्तो अलमलको अवस्थामा पार्टी रहँदैन,’ उनले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार