Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


    बुधबार, असोज ६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले आज जङ्गी अड्मा शिष्टाचार भेट गर्नुभयो ।

    त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यबारे विचारविमर्श भएको थियो । चिनियाँ राजदूतसँगको भेटबाट नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर एव सुदृढ बनाउन मद्दत पुग्ने विश्वास जनसम्पर्क तथा सूचना निर्देशनालयले भेटपछि विज्ञप्ति निकालेर व्यक्त गरेको छ ।

    भारतले उत्तराखण्ड राज्यको पिथौरागढमा असोज ४ बाट सैन्य अभ्यासको समाचार आएसँगै चिनियाँ राजदूत यान्छीले प्रधानसेनापति शर्मालाई भेट्नु संयोगमात्र हुन नसक्ने उच्च स्रोत बताउँछ ।   ४ गतेबाट सुरु भएको नेपाल–भारतबीचको सैन्य अभ्यास १३ गतेसम्म सञ्चालन हुनेछ । नेपाल र भारतीय सेनाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘अभ्यास सूर्य किरण’ को नाम दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार