Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • भोलिसम्म मन्त्रिपरिषद्ले बिस्तारले पूर्णता पाउने प्रचण्डको घोषणा


    बुधबार, असोज ६ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । 

     आज ( बुधबार ) बसेको स्थायी समिति बैठकमा उनले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

    बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको जानकारी गराएका थिए । वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको बताइएको छ ।

    राजनीतिक दल सम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्ने उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार